होमपेज / अन्तराष्ट्रिय
श्रीनगर : गत साताको अन्त्यमा भारत प्रशासित काश्मिरमा थप १० हजार भारतीय सैनिक उतारिएपछि स्थानीय त्रसित बनेका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुर भारतीय अधिकारीले उक्त कदम नियमित तालिका अनुसार भएको दाबी गरेका छन्। भारतले मुसलमान समुदायको बहुमत रहेको उक्त हिमाली क्षेत्रमा सन् १९४७ मा भारत र पाकिस्तानबीच भएको विभाजित बनेपछि करिब पाँच लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ ।
काश्मिर क्षेत्रमा पछिल्ला वर्षहरूमा विद्रोहीहरूका गतिविधि बढेको भारतीय बुझाई छ। भारतको सर्वोच्च अदालतले गत वर्ष काश्मिरसम्बन्धी एउटा मुद्दामा सुनुवाई सुरू गरेपछि स्थानीयहरूमा उनीहरूमा निहित विशेषाधिकार गुम्नसक्ने त्रास बढेको छ। 'सैनिक दस्ताको तैनाथी गत वर्षदेखि निर्वाचनका लागि खटिएका सैनिक अधिकारीलाई आराम दिन यसो गरिएको हो', अधिकारीले भनेका छन्, 'वार्षिक रूपमा हुने हिन्दू तीर्थयात्रीको सुरक्षाका लागि यसो गरिएको हो।' उक्त स्थानमा २० हजार सैनिकहरू तैनाथ गर्ने योजना सरकारको छ ।
'सैनिकहरूले लगातार सात महिनादेखि उक्त क्षेत्रमा निरन्तर काम गरिरहेका, केही विदामा घरमा जान चाहेका र केहीलाई तालिममा खटाइएकाले सीमा क्षेत्रमा सुरक्षाको प्रत्याभूत गराईराख्न १० हजार सैनिक अधिकारी तैनाथ गरिएको हो,' प्रहरी महानिर्देशक दिलबाग सिंहले भने, 'नियमित सेवाका लागि उक्त स्थानबाट २०० कम्पनी (२० हजार सैनिक) माग भएकाले थप केही जाने तयारी रहेको छ', तर एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने, 'यस क्षेत्रमा सम्भावित विरोध तथा आन्दोलनका कार्यक्रम हुनसक्ने सूचनाका आधारमा थप सैनिकको तैनाथ गरिएको हो।' तर उनले यसबारेमा बिस्तृत विवरण दिन मानेनन्। एएफपी