ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भयावह भ्रुण हत्या : तीन महिनायता एकै जिल्लाका १३२ गाउँमा जन्मिएनन् छोरी

नेपालगाथा २०७६ श्रावण ७ गते मंगलबार ११:०६:३२ मा प्रकाशित

काठमाडौं : नरेन्द्र मोदी सरकारले भारतमा ल्याएको एउटा चर्चित योजना हो, ‘बेटी बचाऔँ, बेटी पढाऔँ।’ यो अभियानका लागि भारतीय केन्द्र सरकारले अर्बौं रुपैयाँ लगानी गरिरहेको छ। तर तयही भारतको एउटा राज्यबाट एउटा भयाबह तस्बिर बाहिर आएको छ। नेपालको सुदूरपश्चिम प्रदेशसँग जोडिएको छ उत्तराखण्ड राज्य। जुन तुलनात्मकरुपमा शिक्षित र विकसित राज्य मानिन्छ।

तर त्यहीँबाट प्रकृतिको नियमलाई नै चुनौती दिने समाचार आएको छ। मोदीको ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ अभियान यहाँ पुगकै छैन। यहाँको उत्तरकाशी जिल्लाका १३२ गाउँ यस्ता छन्, जहाँ तीन महिनादेखि एकजना पनि छोरीले जन्म लिएकी छैनन्। यी गाँउमा यस्तो कसरी सम्भव भयो? त्यहाँको सरकारलाई नै यस्ले अचम्मित बनाएको छ।

भारतीय अधिकारीहरुका अनुसार यी गाउँमा तीन महिनामा २१६ जना छोराको जन्म भयो। तर तिनमा एकजना पछि छोरी थिएनन्। ‘हामीले यस्तो क्षेत्रको पहिचान गरेका छौँ। जहाँ बालिकाको जन्म शून्य छ,’ जिल्ला अधिकारी डा. आशीष चौहानले भने, ‘यो खबर पाएपछि हामीले कडाइकासाथ निगरानी गरिरहेका छौँ। छोरा मात्रै जन्मिँदा छोरी किन जन्मिएनन्? यसको कारण पत्ता लगाउन विस्तृत सर्भे र अध्ययन गर्दैछौँ।’

यो समाचार आएसँगै सरकारी अधिकारीहरुले मान्यता प्राप्त सामाजिक स्वास्थ्य कार्यकताहरुसँग आपतकालिन बैठक राखेरका छन्। छोरा मात्रै जन्मिएका ती गाउँमासर्तकर्ता बढाइएको छ। तीन महिनायता प्राप्त तथ्यांकको विश्लेषण गर्न पनि उनले निर्देशन दिएका छन्।

भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै सामाजिक स्वास्थ्य कार्यकर्ता कल्पना ठाकुरले एक जना पनि बालिका नजन्मनुले ती गाउँमा भ्रुण हत्याको डरलाग्दो रुपको संकेत गरेको बताइन्। ‘तीन महिनाको अवधीमा एकजना पनि बालिकाको जन्म भएन, यो संयोग मात्रै हुँदै होइन,’ उनले भनिन् ‘यसले स्पष्ट देखाउँछ ती गाउँहरुमा बालिका भ्रुणको व्यापाक हत्या भइरहेको छ। सरकार र प्रशासनले यसबारेमा केही गर्न सकेका छैनन्।’

वरिष्ठ पत्रकार शिवसिंह थानबालले सरकारलाई यो डरलाग्दो अभ्यासको अन्त्य गर्न कडा कदम उठाउनुपर्ने सुझाव दिएका छन। ‘गाउँहरुबाट स्तब्ध पार्ने जुन तथ्याङ्क आएको छ, त्यसले केन्द्रीय सरकारको “बेटी बचाओ बेटी पढाओ” अभियानमाथि नै सवाल पैदा भएको छ,’ उनले भने, ‘यसले के देखाउँछ भने बालिका भ्रुणको हत्या भइरहेको छ।

यसको अन्त्य गर्न प्रशासनले कडा कदम उठाउन जरुरी छ।’ उत्तरकाशीमा निरन्तर घटदो लैङ्गिक अनुपात सन् २०११ को जनगणनाले उतराखण्ड क्षेत्रको उत्तरकाशी जिल्लामा एक लाख ६१ हजार ४९८ जना महिला र एक लाख ६८ हजार ५ सय ९७ पुरुष रहेको देखाएको थियो। त्यसपछि सरकारले लैङ्गिक अनुपात बढाउन अभियान चलाएको थियो।

तर पछिल्लो तीन महिनको तथ्यांंकले भ्रण हत्याको सम्भावनालाई उजागर गरेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। स्वास्थ्य विभागका अनुसार डुन्डा व्लकको २७ गाउँमा मात्र ५१ जना गर्भवती थिए। तर तिनीहरुमध्ये एक जनाको पनि कोखबाट बालिकाको जन्म भएन। बटवारी क्षेत्रका २७ गाउँमा ४९ जना बालक, नाउगाउँको २८ गाउँमा ४९ जना, मोरीको २० गाउँमा २९ जना, चिन्यालसुराको १६ गाउँमा २३ जना र पुरोला व्लकको १४ गाउँमा १७ जनाको जन्म भयो। तर त्यहाँ एकजना पनि छोरी जन्मिएनन्। उतरकाशी क्षेत्र लिङ्ग अनुपातमा भारतकै कमजोर अवस्थामा रहेको छ। उत्तरकाशीमा प्रतिहजार पुरुष बराबर ९५८ महिला छन्।

समग्रमा उत्तराखण्डमा प्रतिहजार पुरुषमा ९६३ महिला छन्। सन १९०१ र १९३१ को बीचको अवधिमा उत्तरकाशीमा लैङ्गिक अनुपात महिलाको पक्षमा थियो। १९०१ मा एक हजार १५ महिला बराबर एक हजार पुरुष थिए। सन १९३१ देखि यो अनुपात ओरालो लाग्दै सन् २०११ मा ९५८ मा आइपुगेको हो। सन २०११ को जनगणनाले सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा लैङ्गिक अनुपात अनुकुल छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top