ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

जापानको एनिमेसन स्टुडियोमा आगजनी

नेपालगाथा २०७६ श्रावण २ गते बिहीबार १३:४८:१४ मा प्रकाशित

जापानको एक एनिमेसन स्टुडियोमा भएको आक्रमणमा कम्तिमा पनि १० जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् । यो घटना जापानको क्योटो सहरको हो । त्यहाँका मिडियाहरुका अनुसार एक व्यक्तिले एनिमेसन अफिसमा छिरेर केही तरल पदार्थ फालेका थिए । त्यही तरल पदार्थबाट त्यहाँ आगलागी सुरु भएको स्थानीय प्रहरीले जनाएको छ ।

त्यहाँ आक्रमण गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । उनको नाम खुलाइएको छैन । त्यहाँ अधिकारीहरुका अनुसार अन्य दस जना निकै गम्भीर छन् । क्योटो एनिमेसनले विश्वमै प्रसिद्ध केही एनिमेसनका कार्यक्रम उत्पादन गर्दै आएको छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top