होमपेज / अन्तराष्ट्रिय

अमेरिकाको क्यालिफोर्नियामा दुई ठूला भूकम्प

नेपाल गाथा २०७६ असार २२ गते आइतबार १५:४७:२५ मा प्रकाशित

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिवार ७.१ म्याग्निच्युडको भूकम्प आएको छ । एक हप्तामा उक्त क्षेत्रमा दोस्रो भूकम्प आएको हो । बिहीवार मात्र त्यहाँ ६.४ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यसको केन्द्र ११ किलोमिटर मुनि थियो । शनिवारको भूकम्पको केन्द्र रिजक्रेस्ट शहरभन्दा ०.९ किलोमिटर तल थियो ।

विगत २० वर्षमा आएकोमध्ये सबभन्दा ठूलो भूकम्प यही हो । भूकम्प वैज्ञानिक डा लुसी जोन्सका अनुसार, यस इलाकामा अन्य भूकम्प पनि आउन सक्छन् । अहिलेको भन्दा ठूलो भूकम्प आउन सक्ने उनले बताए । भूकम्पको झड्का नेभाडाको लास भेगास र मेक्सिकोमा पनि अनुभव गरिएको थियो । भूकम्प लगत्तै अनेक स्थानमा आगो लागेको र पहिरो गएको सूचना छ ।

रिजक्रेस्ट शहरका मेयर रेगी ब्रिडेनले रोयटर्स समाचार संस्थालाई बताएअनुसार, भूकम्पका कारण कैयौं मानिस घाइते भएका छन् । आपतकालीन निकायहरूलाई राहत तथा उद्धार कार्यमा लगाइएको छ । तर कोही पनि गम्भीर रूपमा घाइते भएको खबर छैन । बिहीवार आएको भूकम्पमा घरहरू चर्किएका थिए ।

लस एन्जिलिस फायर डिपार्टमेन्टले कसैको पनि मृत्यु वा घाइतेको सूचना प्राप्त नभएको बताएको छ । क्यालिफोर्निया भूकम्पको जोखिम भएको क्षेत्र हो किनकि त्यहाँ मुनि अनेकौं टेक्टोनिक प्लेट छन् र तिनीहरू लगातार सरिरहेका छन् । बीबीसीबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top