ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतको महाराष्ट्रस्थित पर्खाल भत्किँदा १७ जनाको मृत्यु

नेपालगाथा २०७६ असार १४ गते शनिबार ११:१४:१० मा प्रकाशित

काठमाडौं । भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । तीन जनालाई भने उद्धार गरिएको छ । केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ ।

एक भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो । पुणेको प्रमुख जिल्ला अधिकारीले ठेकेदारको लापरवाहीले पर्खाल भत्किएको भन्दै कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top