ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

जापानमा भूकम्प आउँदा २६ जना घाइते

नेपालगाथा २०७६ असार ४ गते बुधबार ११:४४:४८ मा प्रकाशित

काठमाडौं । जापानमा मंगलवार अबेर ६.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २६ जना घाइते भएका छन् । एकजनाको स्थिति गम्भीर छ । भूकम्पका कारण केही क्षेत्रमा पहिरो गएको छ भने कतै कतै बिजुली काटिएको छ । भूकम्प निगाता प्रिफेक्चरमा मंगलवार राति गएको हो । 

कोही पनि नहराइररहेको सरकारको भनाइ छ ।मुराकामीमा पहिरो गएको बताइएको छ । जापानको मौसम विभागले भवनहरू भत्किन सक्ने तथा थप पहिरो आउन सक्ने बताएको छ । बुधवार यामागाता र निगाता क्षेत्रमा पानी पर्ने सम्भावना छ । निगाता प्रिफेक्चरको चुबामेमा ३० वर्षीय एक व्यक्ति लडेर हाड भाँचिएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

अग्नि तथा विपत व्यवस्थापन निकायले ८०० भन्दा बढी मानिसलाई अन्तै सारिएको जानकारी दियो । भूकम्प लगत्तै सुनामीको चेतावनी जारी गरिएको थियो तर त्यसलाई पछि हटाइयो । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top