ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

सडक दुर्घटनामा आठको मृत्यु, ८ जना घाइते

नेपालगाथा २०७६ जेठ ३१ गते शुक्रबार १३:३७:२३ मा प्रकाशित

इस्लामाबाद । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको मतिआरी क्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ८ जना घाइते भएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ । मतिआरी राजमार्गमा सामानले भरिएको एक ट्रकले यात्रुबाहक भ्यानलाई ठक्कर दिँदा आठ जनाको मृत्यु भएको हो ।

बिहीबार अबेर राति भएको यस सडक दुर्घटनामा मारिएका यी व्यक्तिहरुमा ३ महिला र २ बालबालिकासमेत रहेका छन् । दुर्घटनामा भएको सो भ्यानबाट शव निकालिएको र घाइते व्यक्तिलाई अस्पताल पुर्‍याएको बताइएको छ । ट्रकको ठोक्काइबाट भ्यान पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् । रासस/सिन्ह्वा ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top