होमपेज / अन्तराष्ट्रिय

हेलिकोप्टर दुर्घटना हुँदा यात्रु सबैको मृत्यु !

नेपाल गाथा २०७६ जेठ २८ गते मंगलबार १५:४२:०५ मा प्रकाशित

काठमाडौं । हेलिकोप्टर दुर्घटना हुँदा ठुलो क्षति भएको छ । अमेरिकाको न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनामा पाइलटको मृत्यु भएको अमेरिकी सञ्चारमाध्उमहरुले जानकारी गराएका छन् । दुर्घटनापछि भवनको छतमा आगलागी भए पनि तत्काल नियन्त्रणमा ल्याउन सकिएको अमेरिकी अधिकारीले बताएका छन् ।

दुर्घटनामा कोही पनि घाइते नभएको जनाइएको छ । दुर्घटना स्थानीय समयानुसार सोमबार दिउँसो करिब २ बजेको हो । अमेरिकी मिडियाले मृत्यु हुने हेलिकोप्टर चालकको नाम टिम म्याककोर्म्याक बताएक छन् । दुईवटा इन्जिन भएको अगस्टा A109E हेलिकोप्टरमा उनी नै एक्ला व्यक्ति सवार रहेको फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले बताएको छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top