ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विश्वकै नम्बर एक धनाड्यकी पूर्वपत्नीले गरिन् १८.४५ अर्ब डलर दान

नेपालगाथा २०७६ जेठ १५ गते बुधबार १३:०८:२८ मा प्रकाशित

विश्वकै नम्बर एक धनी व्यापारी जेफ बेजोसकी पूर्वपत्नी मैकेन्जीले आफ्नो सम्पतिको आधार हिस्सा दान दिने भएकी छन्। कूल ३६.९ अर्ब अमेरिकी डलर सम्पतीकी मालिक मैकेन्जीले १८.४५ अर्ब अमेरिकी डलर दान गर्ने घोषणा गरेकी छन्। मैकेन्जीको अमेजन कम्पनीको सेयरको यो सम्पती हो। अमेजनका सिईओसमेत रहेका विश्कवका एक नम्बर धनी जेफ बेजोससँग मेकन्जीको गत महिना मात्रै सम्बन्ध बिच्छेद भएको थियो।

सम्बन्ध बिच्छेद गर्ने बेला मैकेन्जीलाई अमेजनको ४ प्रतिशत सेयर प्राप्त भएको थियो। त्यसपछि उनी विश्वकै चौथो धनी महिला बनेकी थिइन। 'गिभिङ प्लिज' अभियानबाट प्रेरितभएर उक्त सम्पति दान गर्ने फैसला गरेको मैकेन्जीले बताएकी छन्। यो अभियान विश्वका अर्बपतिहरू वारेन वफेट, बिल गेट्स र मिलिन्डा गेट्सले सन् २०१० मा सुरु गरेका थिए। यो अभियान मार्फत विश्वका अर्बपतिहरूलाई सामाजिक कामका लागि दान गर्न प्रेरित गरिएको थियो। यो अभियानमा अहिलेसम्म २०४ परिवार जोडिएका छन्।

मंगलबार मात्रै मैकेन्जीसहित १९ जना यो अभियानमा जुटेका छन्। जसमा ह्वाट्सएपका सह-संस्थापक ब्रायन एक्टन र पिन्टरेस्टका सह-संस्थापक लाउल सिआरा पनि सामेल छन्। आफूले गरेको दानबारे मैकेन्जीले परोपकारमा आफू सधैँ तयार रहने बताएकी छन्। उनले परोपकारका काममा आफूले सधैँ समय दिने घोषणा गरेकी छन्। मैकेन्जीको उक्त घोषणालाई उनका पूर्वपति तथा विश्वका अर्बपति जेफ बेजोसले प्रसंसा गरेका छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top