ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अफ्रिकी मुलुक कंगोमा डुंगा डुब्दा ३० जनाको मृत्यु

नेपालगाथा २०७६ जेठ १३ गते सोमबार १३:१६:५८ मा प्रकाशित

काठमाडौं । अफ्रिकी मुलुक कंगोको पश्चिम भागमा रहेको माइ–न्दोम्बे तालमा एउटा डुंगा डुब्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं अन्य हराइरहेका छन् । ‘अहिलेसम्म हामीले १२ महिला, ११ बालबालिका र सात पुरुषको शव बरामद गरेका छौं,’ इनोंगो शहरका मेयर साइमन म्बो वेम्बाले बताए । उक्त डुंगामा ३५० जना चढेको र तीमध्ये १८३ जना मात्र बाँचेको उनले जानकारी दिए । 

धेरैजसो अवैध आप्रवासी भएको हुन सक्ने भएकाले यात्रुको यकिन संख्या निर्धारण गर्न नसकिएको उनको भनाइ छ ।  गोमा जलाशय यातायात अत्यधिक उपयोग हुन्छ अनि डुंगा दुर्घटना पनि बाक्लै हुने गर्छ । भारक्षमताभन्दा बढी यात्रु र सामान राख्ने गरिएकाले दुर्घटना हुने गरेका छन् । त्यसमाथि लाइफ ज्याकेटको उपयोग कमै मात्र गरिने भएकाले पनि मृत्यु संख्या बढ्ने गरेको छ । धेरैजसो कंगोवासीहरूलाई पौडी खेल्न आउँदैन ।  एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top