होमपेज / अन्तराष्ट्रिय
श्रीलंकामा सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडपको क्रममा कम्तिमा १५ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अनुसार शुक्रबार राति भएको झडपमा ६ जना बालबालिकासहित १५ जनाको मृत्यु भएको जनाएका छन्। गत आइतबार राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा शृङ्खलाबद्ध बम आक्रमणमा कम्तिमा २५० जनाको मृत्यु भएको थियो।
उक्त घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारले बिद्रोहीविरुद्ध कारवाही अभियान चलाएका छन्। यही क्रममा देशको पूर्वी क्षेत्रमा प्रहरी र सशस्त्र बिद्रोहीबिच झडप भएको बताइएको छ। झडपमा ज्यान गुमाउनेमा तीनजना आत्मघाती आक्रमणकारी रहेको सेनाका प्रवक्ताले दाबी गरेको समाचारमा जनाएको छ। झडपको क्रममा तीनवटा बिस्फोट भएको थियो। एजेन्सी ।