ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

श्रीलंकामा बुधवार पनि भेटियो बम

नेपालगाथा २०७६ बैशाख ११ गते बुधबार १५:४५:०० मा प्रकाशित

काठमाडौं । श्रीलंकाली सेनाको बम निष्क्रिय पार्ने टोलीले बुधवार कोलम्बोस्थित एक सिनेमाघरजनिक रोकिएको शंकास्पद स्कूटरमा नियन्त्रित विस्फोट गरेको छ । कोलम्बोको वेलावात्ते टोलमा रहेको साभोए थिएटरमा नियन्त्रित विस्फोट गराइएको थियो । प्रहरीले सिनेमाघर बाहिर रोकेर राखिएको शंकास्पद स्कूटर देखेपछि त्यसको सीट खोल्न खोज्दा खुलेन । त्यसपछि सुरक्षाकर्मीहरूले त्यसलाई नष्ट गर्ने निर्णय लिएको रक्षा राज्यमन्त्री रुवान विजेवर्दनेले बताए ।आइतवार गरिएका शृंखलाबद्ध आत्मघाती आक्रमणमा अनेकौं क्रिस्चियन चर्चहरू र विलासी होटलहरूलाई तारो बनाइएको थियो ।

अधिकांश आक्रमण कोलम्बोमा गरिएका थिए । शृंखलाबद्ध आक्रमणमा ३५९ जना मारिएका छन् जसमा ३९ जना विदेशी नागरिक छन् । ४० भन्दा बढी बालबालिका मारिएको संयुक्त राष्ट्रसंघले जनाएको थियो । आक्रमणमा नौजना आत्मघाती आक्रमणकारी संलग्न रहेको र अनुसन्धानकर्मीहरूले आठजनाको पहिचान गरिसकेको प्रहरीले जनाएको छ । घटनापछि ६० जनालाई पक्राउ गरिसकिएको छ ।

श्रीलंकाली अधिकारीहरूले दुईवटा मुसलमानी समूह नेसनल तौहीद जमात र जम्मियातुल मिल्लातु इब्राहिमले यो नरसंहार गरेको आशंका गरेका छन् । इस्लामिक स्टेटले पनि घटनाको जिम्मेवारी लिएको थियो तर त्यसका लागि कुनै प्रमाण प्रस्तुत गरेको थिएन । तर अधिकारीहरूले आइतवारको विस्फोटमा आईएसको केही सम्बन्ध रहेको पुष्टि गरिसकेका छन् ।आरटीबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top