ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अस्ट्रेलियाले नेपाललाई दिँदै दिने सहयोग रकम कटौती

नेपालगाथा २०७५ चैत्र २० गते बुधबार १७:५९:२४ मा प्रकाशित

अस्ट्रेलिया । अस्ट्रेलियाले नेपाललाई दिँदै आएको सहयोग रकम कटौती गरेको छ । अस्ट्रेलियाली सरकारले घोषणा गरेको सहयोग रकम गतवर्षको भन्दा करिब ९ मिलियन डलर कम रहेको छ । यस वर्ष अस्टेलियाले नेपाललाई २२ दशमलव ५ मिलियन डलर करिब १ अर्ब ७१ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । अस्ट्रेलियाका ट्रेजरर जोस फ्याडनबर्गले अस्ट्रेलियाली संसद्मा यसवर्षको बजेट सार्वजनिक गर्दै वैदेशिक सहायता अन्तरगत दिइने सहयोगमा कटौती गरिएको हो।अस्ट्रेलियाले अहिलेसम्म नेपाललाई वैदेशिक सहायता कम गरेको थिएन।

पहिलोपटक सहयोग रकम कम गरिएपछि क्यानबेरास्थित नेपाली दूतावासले सहयोग रकम कम गरिएको बारेमा दक्षिण एसियाली मामिला हेर्ने निकायमा बुधवार गएर यसबारेमा गुनासो पोखेको छ। कार्यवाहक राजदूत द्रुपदा सापकोटाले उक्त निकायमा गएर सहयोग रकम कम गर्नुको बारेमा चासो व्यक्त गरेकी थिइन्। ‘हामीले सम्बन्धित निकायका प्रमुखसँग नेपाललाई दिइने सहयोग किन कम गरियो भन्ने बारेमा चासो व्यक्त गरेका छौँ। नेपालबाट राजनीतिक नियुक्ति लिएर आएकी राजदूत लक्की शेर्पा मानव तस्करीको आरोपमा नेपाल तानिएपछि रकम कम भएको हुनसक्ने विश्लेषण गरिएको छ।

अस्ट्रेलियाको राजनीतिलाई नजिकबाट बुझेका डा. भरतराज पौडेल सहयोग रकम कम हुनु धेरै ठुलो कुरा नभएपनि नेपाललाई अस्ट्रेलियाले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको भन्ने अर्थमा बुझ्नु पर्ने बताउँछन्। ‘अस्ट्रेलियाका लागि नेपाली राजदूत नै गम्भीर आरोपमा मुछिएपछिको परिस्थितिमा यस्तो रवैया अपनाइएको हुनसक्ने बताउँछन्।’ जारी बजेटका अनुसार अस्ट्रेलियाले नेपाललाई सङ्घीय संरचनामा गइसकेको अवस्थामा यसको विकास र सङ्घीय राज्य संरचनाको लागि नागरिकहरूको अधिकारका लागि सहयोग पुर्‍याउने घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top