होमपेज / अन्तराष्ट्रिय
बंगलादेशको एक टावरमा आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ। आगलागीमा परेर दर्जनौँ घाइते भएको बंगलादेशको पत्रिका डेलिस्टारले लेखेको छ। बिहीबार दिउँसो भएको आगलागीमा ढाका विश्वविद्यालयका विद्यार्थीको मृत्यु भएको उल्लेख गरिएको छ। राजधानी ढाकामा रहेको बनानी एफआर टारमा आगलागी भएको हो।
मृतकको पहिचान हुन नसकेको बताइएको छ। घाइतेहरूको उपचार भइरहेको बताइएको छ। उक्त भवनमा अझै केही व्यक्ति फसेको हुन सक्ने बताइएको छ। १९ तलाको उक्त भवनमा आगो लागेको हो। एक हप्ताअघि ढाकामा आगलागीबाट ७० जनाको मृत्यु भएको थियो। एजेन्सी ।