ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

काइली जेनर २१ वर्षीया युवती संसारकै कान्छी अर्बपति

नेपालगाथा २०७५ फाल्गुण २३ गते बिहीबार १२:०१:३३ मा प्रकाशित

कठमाडौं । अमेरिकाकी काइली जेनर हालसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बन्न सफल भएकी छन। जेनर शृङगारको समानको व्याबसायबाट अर्बपति बनेकी हुन। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनर अटाएकी छन। जेनरको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो।

काइली जेनरले एक्काइस वर्षमै अर्बपतिको सूचीमा कीर्तिमान राख्दा फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनेकी छन्। यसअघि कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए। जेनरले फोर्ब्सलाई भनेकी छन “मैले यस्तो केही  अपेक्षा गरेकी थिइनँ।

मैले भविष्यको यस्तो लक्ष्य पनि राखेकी थिइनँ।“ साथै उनले अगडि भनिन् “तैपनि यस्तो सूचीमा पर्दा साँच्चिकै खुसी लागेको छ। कसैले आफ्नो काँधमा धाप मारिदिएजस्तो लागेको छ।“ एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top