ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

दुर्इ देश मिल्दै पाकिस्तान र भारत, अवरुद्ध रेल सेवा सुचारु

नेपालगाथा २०७५ फाल्गुण २१ गते मंगलबार १२:०७:५९ मा प्रकाशित

भारत पाकिस्तानबीच भएको विवादका कारण केही दिनदेखि अवरुद्ध रेल सेवा पुनः सुरु भएको छ । दुई देशबीचको महत्त्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको त्यहाँका अधिकारीले जनाएका छन्। पछिल्लो द्विदेशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो । सम्झौता एक्सप्रेसको रेल अत्तारी स्टेशन पुगेको भारतीय अधिकारीले बताएका छन्।

पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारततर्फ प्रस्थान गरेको सो रेलमा १५० यात्रु रहेको जनाएका छन्। भारत प्रशासित काश्मिरको पुलवामामा गत फेब्रुअरी १४ मा भएको आतंकवादी हमलामा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवासमेत अवरुद्ध भएको थियो। दुई देशबीचसोमबार र बिहीबार रेल सेवा सञ्चालन हुँदै आएको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top