ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

पाकिस्तानमा फेरि भारतीय वायु सेनाको आक्रमण

नेपालगाथा २०७५ फाल्गुण १५ गते बुधबार १०:४८:४९ मा प्रकाशित

काठमाडौं । भारतीय वायुसेनाले पाकिस्तानमा फेरि आक्रमण गरेको छ । पाकिस्तानको बालाकोटमा भारतीय सुरक्षाकर्मिले फेरि मंगलबार राति आक्रमण गरेको हो । आक्रमणबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक बच्चासहित चार जना रहेको बीबीसीले जनाएको छ । केही घाइते पनि भएका छन् । भारत प्रशासित काश्मिरको पुलवामा १४ फेब्रुअरीमा केन्द्रीय रिजर्भ पुलिस बलको अड्डामा चरमपन्थी आक्रमणपछि दुई देशबीच तनाव चुलिएको छ ।

यस आक्रमणमा भारतका ४० भन्दा बढी सैनिक मारिएका थिए । जवाफमा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको छ । भारतले चरमपन्थी संगठन जैश ए मोहम्मदको अड्डामा आक्रमण गरेको बताए पनि पाकिस्तानले जंगल क्षेत्रमा गरिएको आक्रमणबाट कुनै भौतिक र मानवीय क्षति नभएको जनाएको छ । प्रशासनबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top