ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

डोनाल्ड ट्रम्पले मेक्सिको सीमामा पर्खाल लगाउन आफ्नो रणनिती

नेपालगाथा २०७५ फाल्गुण ३ गते शुक्रबार १४:१५:४६ मा प्रकाशित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने आफ्नो योजनालाई सफल पार्नका लागि सैन्य कोषको प्रयोग सम्बन्धमा संकटकाल लगाएका छन् । राष्ट्रपति ट्रम्पले संकटकाल लगाएको 'ह्वाइट हाउस'ले पुष्टि गरेको बीबीसीले जनाएको छ । व्हाइट हाउसले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, 'सरकारी सटडाउनलाई उल्ट्याउन ट्रम्पले सीमा सुरक्षा बलमा हस्ताक्षर गर्नेछन्, जसले अमेरिकी कंग्रेसलाई उपेक्षा गर्नेछ र पर्खाल बनाउका लागि सैन्य कोषको प्रयोग गर्न अनुमति दिनेछ ।'

ट्रम्पको यो कदममाथि प्रतिक्रिया दिँदै डेमोक्रेट पार्टीका वरिष्ठ नेताले ट्रम्पलाई शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । ट्रम्प र उनको रिपब्लिकन पार्टीले चुनावी अभियानका क्रममा मेक्सिकोको सीमामा पर्खाल लगाउने बहुचर्चित घोषणा गरेको थियो । तर डेमोक्र्याटहरूले ट्रम्पको उक्त योजनाको विरोध गरिरहेका छन् । प्रतिपक्षी डेमोक्रेटिक पार्टीको बहुमत रहेको 'हाउस अफ रिप्रिजेन्टेटिभ'ले पर्खाल लगाउने ट्रम्पको योजनालाई खारेज गरिदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top