ट्रेण्डिङ

होमपेज / खेलकुद

स्कटल्याण्डविरुद्ध नेपालको जीत

नेपालगाथा २०८२ जेठ २० गते मंगलबार १५:०४:५४ मा प्रकाशित

करण केसी र गुल्सन झा नेपाली क्रिकेट टोलीमा मिडियम पेसरको भूमिकामा छन् । करणले अविजित ६५ रन र गुल्सनले ४२ रन बनाएर महत्वपूर्ण भूमिका खेले । अझ करण केसीलेत नयाँ बल नै लिएर स्वीङका साथ बलिङ गर्छन् । गुल्सन आवश्यकता अनुसार मिडल अर्डरमा बलिङ गर्ने गर्छन् ।

दुवैले आवश्यक परेका बेला ब्याटिङ पनि गर्छन् । तर क्रिकेट विश्वकप लिग टुर्नामेन्ट अन्तर्गत स्कटल्याण्ड विरुद्ध नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्दाका नायक उनै करण र गुल्शन रहे । दुवैले ब्याटिङबाट म्याच जिताए ।

गुल्शनलाई नेपाली टोलीमा अलराउण्डरको रोलमा राखिएका छन् । त्यसैले उनलाई आवश्यकता अनुसार मिडल अर्डरमा ब्याटिङ गराइन्छ । तर स्कटल्याण्डविरुद्ध भने दुवैले अन्तिमतिर ब्याटिङ गरे । गुल्सनले सातौं र करणले नवौं नम्बरमा ब्याटिङ गर्दै नेपाललाई खेल जिताए ।

गुल्शन र करण दुवैले यसअघि पनि नेपालका लागि महत्वपूर्ण अवसरमा जित दिलाएका छन् । यसपटक पनि यी दुई खेलाडी चम्किए । करणले ओडिआई करियरकै पहिलो अर्धशतक बनाउने क्रममा अविजित ६५ रन जोडे । गुल्सनले ४२ रन योगदान गरे । यो जोडीले आठौं विकेटका लागि ६० रनको साझेदारी पनि गरे । करण म्याच जिताएर अविजित रहँदै पेभेलियन फर्किए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top