ट्रेण्डिङ

होमपेज / विचार

ए ! युवा हो हाम्रो भेडोपनको अन्त्य कहिले होला त अब?

बासु देब न्याैपाने २०७७ माघ १२ गते सोमबार १७:१८:१५ मा प्रकाशित

काठमाडाैं । नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको कदम खारेज नभएसम्म संघर्षका कार्यक्रमलाई शसक्त बनाएर अघि बढ्ने भनेर जनाउँदै आएको छ। गत शुक्रबार दाहाल–नेपाल समूहले काठमाडौं उपत्यकामा नौ स्थानबाट विरोध र्यालि निकालेको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन्। आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड- नेपाल पक्षले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेका छन्। नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहेन गरी निष्कासन समेत गरेको छ।

अझै केही समय राजधानीका सडक नेकपाका दुइ गुटकै कब्जामा हुने देखिएको छ । शक्ति देखाउन नेकपाका दुइ पक्षले पालैपालो जनतालाइ यही सडकमा उतार्ने भएका छन् । माघ २३ गते ओली समूहले विशाल जनसभा गर्ने भएको छ । ओलीले जनसभा कस्तो हुन्छ त्यसै दिन देखाइदिने भनेर धम्कीपूर्ण भाषण दिएका छन। त्यसैगरी प्रचण्डले ओलीले गर्ने र्‍यालीहरूलाई ‘पञ्च’ को जस्तो भएको टिप्पणी गरेका छन् । उनले ओलीको पञ्चर्‍यालीविरूद्ध काठमाडौँको टाउको मै हान्ने गरी आन्दोलनको जरूरी भएकाले विशाल जनसहभागिताका लागि आह्वान समेत गरेका छन् ।

अहिलेको अवस्थामा दुवै समूह एकै ठाउँमा आउन सक्ने अवस्था छैन । किनभने ओली पक्षले सोमबार पत्रकार सम्मेलन गर्दै स्पष्ट रूपमा भनेको छ, ‘आरोपपत्र फिर्ता लिएर निर्वाचनमा सहभागी हुन तयार भए प्रचण्ड-माधव समूहलाई समाहित गरेर पार्टी फेरि पुरानै स्वरुपमा फर्किनेछ ।’

यता प्रचण्ड-माधव समूह यो कुरामा सहमत नै छैन भने ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । आयोगको यो निर्णयलाई प्रचण्ड-माधव समूहका केही नेताहरूले कानुनीभन्दा पनि प्रशासनिक भएको र निर्णयमा सरकारी छाया देखिएको टिप्पणी गरेका छन् ।

दलहरुका झगडाको अन्त्य कहिले हुन्छ त्यसको अत्तो पत्तो छैन। अहिले युवाहरु पनि आफ्ना आफ्ना दलका नेताहरुको भेलामा अनि विभिन्न प्रदर्शनमै ब्यस्त छन । सदियौँदेखी त्यही पात्र र तिनका प्रबृत्ति हामीले नियाल्दै नियाल्दै आएका छौँ । तर पनि युवाहरु त्यही पुरानै दल अनि त्यही नेताको पछीपछी लाग्नु भनेको आफ्नै खुट्टामा आफैँ बन्चरो हान्नु जस्तै हो। ए! युवा हो हाम्रो भेडोपनको अन्तय कहिले होला त अब?

प्रतिक्रिया

सम्बन्धित खवर

Top