होमपेज / विचार
जनताहरुमा के भ्रम छ भने सार्वजनिक क्षेत्रको सामान्य सामान्य काम पनि सरकारले गर्नुपर्छ । यो काम गरे व्याक्तिलाई के फाइदा हुन्छ भन्ने कुराको तुलना गर्न थालेका छन् । प्रसंग म नेपालगञ्जबाट व्यापारको शिलशिलामा जुम्ला कालिकोट पुगेर फर्कीदै थिए । नेपाल सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा फैलिन नदिनको लागि सारा नेपाल लकडाउन ग¥यो ।
लगडाउन भए संगै म आफ्नो गाउँको घर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ९ डौसुरमा मै रोकिए । लडकाउन अवधिभर यतै बस्ने निर्णय गरेर म आमा बुवा संगै उतै बसे । लकडाउन बेला बेलामा थपिए संगै म मा केहि सार्वजनिक काम गर्नुपर्छ सबै गाउँका मानिसहरु मिलेर सामाजिक दुरी कायम गरेरै भए पनि यो समयलाई सदुपयोग गर्नुपर्छ भन्ने धारणाको विकास भयो ।
पछि मैले मेरो आफ्नै बुवा तथा केहि स्थानीयको सल्लाहमा घर नजिकैको बाटो बनाउने निर्णय सुनाए । बुवा तथा केहि स्थानीयले त्यसलाई सकारात्कमक रुपमा लिए र अबश्य पनि बाटो बनाउनुपर्छ भन्नेमा जोड दिए । बाटो एकदमै अप्ठ्यारो भएकाले त्यसलाई सुधार गरेर सहजै हिँडडुल गर्न सकिने बनाउनु थियो ।
चामुण्डा बिन्द्रासैनी नगरपालिकाको वडा नम्बर ९ को पादुका खोला देखि डौसुर को खाडा सम्म जोड्ने बाटो सबैभन्दा अप्ठेरो बाटो दुगारे गल्बा भन्ने स्थानमा बुढापाखा र बिरामीहरु हिँड्नै नसक्ने एकदम अप्ठ्यारो बाटो थियो ।
सोही अनुसार हामीले सबैलाई खबर गरौँ । गाउँका करिव २ सय घर परिवार रहेको गाउँमा सबै मानिस आएको भए त्यो काम केहि समयमा नै सकिने थियो । तर सोचे अनुसार बसैको उपस्थिति रहेन । खबर गरिएका २ सय परिवार मध्यबाट आधा मानिसको पनि सहभागिता भएन ।
कनि उनीहरुको सहभागिता भएन भनेर बुझ्दै जाँदा उनीहरुले भने, ‘म त्यो बाटो हिँड्दैन । हाम्रो काम हैन बाटो बनाउने । त्यो बाटो त सरकारले बनाउनु पर्छ । बाटो बनाए बापत हामीले के पाउँछौ ।’
म र केहि नजिकका मानिसहरु उनीहरुको कुरा सुनेर निरास हुँदै बाटो निर्माण तर्फ लाग्यौँ । करिव १८ जनाको मात्र सहभागिता रहयो । सोहि अनुसार हामीले उक्त अप्ठ्यारो बाटोलाई सुधार गरौँ । खबर गरिएका सबै मानिसको सहभागिता भएको भए उक्त बाटो केहि समयमा नै सकिने थियो तर मानिस कम भएकाले बिहान देखि बेलुका सम्म नै समय लाग्यो । जसो तसो बाटो निर्माण गरियो ।
उक्त निर्माणमा सोहि टोटलका जय बहादुर खड्का, टेक बहादुर खड्का, दिपेन्द्र खड्का, झलक खड्का, खेमराज खड्का, चन्द्र बहादुर खड्का, गंगाराम खड्का किरी खड्का, रुद्र खड्का, बेलमती खड्का, रंगा भुल खाडा, रेसम रावल, बिशाल रावल, कर्ण थापा, सक्ती थापा पुल्तिसरा, अर्जुन थापा, सोबन थापा ( सुमन ) लगायतको मात्रै सहभागिता रहयो । उक्त बाटोको नेतृत्व बुवा जय बहादुर खड्का ले गर्नुभएको थियो ।
के यो बाटो १८ जनालाई मात्र आवश्यक हो त ? किन मानिसहरु सार्वजनिक काममा सहभागिता जनाउँदैनन् । बसै काम त सरकारले कहाँबाट गर्न सक्छ त । आफ्नो घर अगाडीको फोहोर नफ्याक्ने अनि त्यसको लागि पनि सरकारले नै फ्याक्नुपर्छ भन्ने कुराको अपेक्षा गर्नु गलत सोच हो ।