ट्रेण्डिङ

होमपेज / विचार

मुलुक निर्माणमा गुमेका दुई र गुमाउनै नहुने अर्को एक अवसर

नेपालगाथा २०७७ जेठ २ गते शुक्रबार १७:०१:५६ मा प्रकाशित

हामी सबै अवसरको खोजीमा वर्षौँँ वर्ष भौँतारिरहेका हुन्छौँ । अवसर आउँछ हामीलाई  कोट्याउँछ, माया गर्छ सुम्सुम्याउँछ, चिमोट्छ, धक्का दिन्छ, आवाज समेत दिएर बोलाउँछ तर  हामीले पत्तैै पाउदैनौ । हामीले उसलाई बेवास्ता गरेपछि छोडेर धेरै टाढा पुग्छ अनि अर्कैले सजाएर राखेको देखेपछि बल्ल पत्तो पाउँछौ र हतासिदै प्रतिक्रिया दिन्छौँ त्यति बेला धेरै ढिला भै सकेको हुन्छ । फेरि अर्को अवसर आउने आशामा वर्षौँ वर्ष बितायो हाम्रो पनि त दिन आउला भन्यो, पर्खियो फेरि अवसर अर्कै रुपमा आउँछ । पुरानै तस्विर मानसपटलमा घुमिरहेको हुन्छ ! फेरि उहीँ हालत चिनिदैन फेरि हातबाट बिच्कन्छ निरन्तर यही नियतिका बिच महिनौ बित्छ, वर्षौ बित्छ, आशैआशमा युगौँ बित्छ । कठै विचरा ! म, तपाईँ  अनि मेरो देश । वास्तवमा अवसरको पहिचान गर्न र उपयोग गर्न निकै सचेत चनाखो हुनुपर्दो रहेछ ।

मानिस आफै पनि सचेत प्राणी हो आफ्नो लागि हरेक मानिस सधैँ सचेत रहन्छ नै तथापि कतिपय मानिस अरुले सम्झाए बुझाएपछि सचेत हुन्छन् तर कतिपय मानिस भने आफैले हण्डर ठक्कर खाएपछि मात्र सचेत हुन्छन । आफ्नाे सचेत पनि नरहने भनेको पनि नमान्ने र आफैँ ठक्कर खाएपछि पनि चाल नपाउने मानिसलाई हाम्रो समाजले बेवकुफ, झल्ला, उल्लु, यस्तै यस्तै खालका अनेकौँ उपनामको संज्ञा दिने गर्दछ । यो हाम्रो समाज भित्रको सामान्य चित्रणमात्र हो । वास्तवमा यस्ता थरी थरी मानिसको प्रभाव आफ्नो निजी जीवन मात्र होइन, हाम्रो समाज, संघसंस्था, राजनीति लगाएत आफु संलग्न सबै तह र तप्कामा  पर्ने गर्दछ । आज संसार भरका मानिसहरु जति बनेका छन् वा विकास गरेका छन् तिनले अनेकौँ चरम पीडा, दुःख, हण्डर ठक्करबाट शिक्षा लिएर बनेका छन्  र विकास गरेका छन् । हामी नेपालीले वर्षौँ वर्षदेखि देश विकास गर्ने धेरै अवसरहरु पायौ तर अवशोस गुमायौँ पनि । यो देशका शासकहरुले गुमाए, सरकारहरुले गुमाए अनि नेता र समाजका अगुवाहरुले गुमाए । आज यो देश कम्तिमा पनि राजा राजाको रुपमा रहेको भए पनि बन्ने थियो ।  राजाले आफ्नो सिमा र मर्यादा नाघेका कारण जनताले  राजसंस्था भित्रवाटै पनिअसल नेता पाउने अवसर गुमाए । राजा कुनै भगवान नभएर नेता नै हुन कुनै समयमा यदुवंशी राम र कृष्ण यादव पनि नेतानै थिए । असल नेता भएका कारण भगवान कहलिए । जिवनभर कुनै पद नपाएका मोहनदास करम चन्द गान्धी उर्फ महात्मा को उपाधिले कहलाए आज फोटोमा धूप बत्ती बाल्नेर भगवान मान्नेहरुको पनि कमि छैन । समय क्रमले दलिय व्यवस्था आयो फेरि नेपाली कांग्रेस साँच्चै कांग्रेसको न्यूनतम मुल्य मान्यतामा अडिग रहेका भए कांग्रेस कालमै पनि यो देश बन्न सम्भव थियो, यो अवसर पनि गुम्यो । अनि आज हामी कम्युनिष्टले यो अवसर पाएका छौँ । एक पटक हैन पटक पटक पाएका छौँ । छोटो अवधिमै  तेश्रो पटक पाएका छाँै ।  पाएका २ वटा अवसर हामीले सहजै जान दियौँ । अवसरले हल्लायो, करायो, सचेत गरायो बोलायो, मलाई सदुपयोग गर भनी रह्यो ! अहँ हामीले मेलो मेसो केही पाएनौँ । तथापि फेरिपनि अर्को तेश्रो अवसर हामीले पाएका छौँ यो हाम्रो लागि ठुलो वरदान सावित हुनेछ ।

हाम्रो देशको लागि, हामी जनता अनि म, मेरो पार्टी र मेरो सरकारको लागि । कम्तीमा पनि यी विपत्ती र महामारीको आड लागेर भएपनि सम्मृद्ध नेपाल निर्माण गर्न सकिने केहि आधारहरु  छन । 
 

१. २०७२ साल बैशाख १२ गते अकस्मात ७.८ रेक्टर स्केलको भुकम्प आयो त्यो पनि देशको राजधानीलाई केन्द्र बनाएर । एक पटक हैन पटक पटक हल्लायो । शनिबार सबै संघसंस्था विद्यालय बन्द भएको दिन सबै जना खाना खाईवरी फुर्सद भएको मौकामा आएको यो भुकम्प जब आउनै थियो त ठिक समयमा आएको थियो । कम भन्दा कम क्षति गर्ने गरी आएको अनुमान धेरैले गरे । वास्तवमा ठिक हो त्यो धरहरा पनि वरिपरि भएका घर माथि नढलेर करिब १५ फिट मात्र खालि रहेको बाटोतर्फ ढलेको देख्दा धेरै मानिसहरुले भन्थे वास्तवमा भुकम्प त आउनै थियो भगवानले बहुत् ठिक समयमा बचाउन सक्ने जति बचाएका हुन भन्ने प्रतिक्रिया यत्रतत्र सुन्न पाइन्थ्यो । करिब ३ महिना माानिस त्राहिमाम भए बाक्ला बस्तीहरु बाट मानिसबाहिर निस्कन थाले, अग्ला घरभन्दा होचा घरको महत्व बढेर आयो, ढलान र पक्की घर भन्दा कच्चि र जस्ता पाताको घरको महत्व बढ्दै गयो । सहरभन्दा गाँउमा मानिस आकर्षित हुन थाले अव्यवस्थित बस्ती र गल्लीहरु  भकाभक छोडन थाले मानिसले, अनि हामीले सोच्यौँ ! हँ ठिक छ, कम्तीमा मानिसमा अब चेतना आयो अब व्यवस्थित घर र बस्तीको विकास गर्नुपर्दछ र देशभर आधुनिक बस्ती विकास गरी आवास व्यवस्थापनमा क्रान्ति नै गर्न पर्छ, सरकार पनि हाम्रो भएको बेला यो महत्वपूर्ण अवसरको भनेर । सरकारका हरेक निकाय, मन्त्री, पार्टी नेता सबैलाई सचेत गरायौँ किनकि त्यो ठिक अवसर थियो मानिस जहाँ जान र जेसुकै मान्न पनि तैयार थिय । एकै नासका घर, सहरी क्षेत्रको वर्गीकरण, जमिनको वर्गिकरण, बजारको वर्गिकरण, एकिकृत र सुविधा सम्पन्न बस्ती, सामूहिक आवास, घर जग्गाको वैज्ञानिक मापदण्ड, काठमाण्डौँको रिङ्गरोड बाहिर व्यवस्थित  बस्ती , फराकिला सडक र देशभर व्यवस्थित गाँउ सहर लगाएत धेरै विषयमा सुझाव प्रदान गरियो । त्यस ताका जनताले सरकारका हरेक निर्देशन र आदेश मान्ने र सरकारलाई सहयोग गर्ने अवस्था पनि  थियो  । तर कठै बिडम्वना ! आजसम्म पनि जनताका पुराना भत्केका घरकै  कामसमेत सकिएको छैन । मानिस आफैले स्वैच्छिक रुपमा बसाई, स्थानानतरण गरे काठमाण्डौ लगायतका कतिपय शहरी क्षेत्रमा शत प्रतिशतसम्म आवासीय क्षेत्र विस्तार भए सरकारको तर्फबाट घरको नक्सामा सामान्य फेरबदल र जग्गा खरिद विक्रीमा कर बढाउने बाहेक अन्य कुनै विषयमा बैज्ञानिक ढङ्गबाट यस विपत्तिको सदुपयोग हुन सकेन र यो महाविपत्तिबाट फरक ढङ्गले देश निमार्ण गर्ने एउटा शुभअवसरको अवसान भयो । 

भुकम्पबाट मानिसहरु बिस्तारै सामान्य हुँदै के थिए अर्को ६ महिनाभित्रै सारा नेपाली भुकम्पको को क्षतिको लेखाजोखा गर्न पाउदा नपाउँदै नेपालीहरुको  महान चाड पर्वहरुको मुखैमा  हाम्रो छिमेकी मुलुक भारतले गरेको नाकाबन्दीले ठुलो पीडा दियो । यस समयमा सारा नेपालीहरुले आत्मनिर्भर हुनु, स्वरोजगार हुनु, उत्पादनमा लाग्नुको महत्व बुझे, अनि परनिर्भर र परआश्रित हुनुको पीडा पनि बुझे र हरेक नागरिकले सरकारलाई भारतसँग नझुक्न, स्वाभिमान कायम गर्न, सार्वभौम सत्ता अक्षुण राख्न सरकारलाई दबाव दिए, हौसला दिए, सहयोग गरे के व्यक्ति, के संघ संस्था के राजनीतिक दल सबै एक मत भएर तत्कालिन नेकपा एमाले र एमाओवादीको संयुक्त कम्यूनिष्ट सरकारलाई बल प्रदान गरे । त्यतिबेलाको सामाजिक सञ्जाल वाह हेर्न लाएक थिए । जहाँ पनि सरकारको वाह वाही, प्रधानमन्त्री क. के.पी ओलीको फोटो सामाजिक सञ्जालमा राख्नासाथ लाखौँ लाईक र हजारौँ प्रशंसा गरिएका कमेण्ट वाह ! त्यो भारतसँगको लडाई सबै जनता भन्दै थिए, “नझुक सरकार त्योसँग, भोकै बस्न तयार छौँ” वास्तवमा भारतसँग नेपालको आमनेसामने २०४७ सालपछि पहिलो पटक भएको थियो । हाम्रो कारण भन्दा पनि उनीहरुकै व्यापार घाटाको कारण भारत नाका खोल्न बाध्य भयो । तर यता हामी नेपाली त्यो ७–८ महिनासम्म  नाका वन्दिमा डम्पिङ्ग रहेको कुहिएको चामल, पिठो, तरकारी, माछा फलपूmल खान बाध्य भयौँ । सरकारले यो समयमा भारतको विरोधमा नारा लगाएर स्वाभिमान, आत्मसम्मान र आत्मनिर्भरताको लागि लड्ने नेपालीलाई उसो भए अब आफैँ उत्पादनमा लाग र देश निर्माण गर वास्तविक स्वाभिमानको लडाइँ भारतसँग पुनः आश्रित भएर होइन उसको सडेको खाद्यान्न र विषादीयुक्त फलपूmल, तरकारी बहिस्कार गरी आफैँ उत्पादनमा लागेर आत्मनिर्भर हुने कार्यक्रम बनाउनुपर्छ भन्ने कुराको हेक्कासमेत राख्न सकेन । भारतसँग अडान राख्नु सबल पक्ष थियो तर आफ्नो तयारी गर्न नसक्नु हाम्रो लाचारीपन थियो । भारतको नाकाबन्दीविरुद्ध सांकेतिक लडाइँ जितेर हामीले पार्र्टी, सरकार र नेतृत्वप्रति आशा र आर्कषण जगाएकै कारण गत निर्वाचनमा जनताले सत्ताको बागडोर हाँक्ने अवसर प्रदान गरेका छन् अब फेरि त्यो आशा र आर्कषणलाई विश्वास र भरोसामा बदल्न आवश्यक छ । यो सरकारको पनि करिब आधा कार्यकाल समाप्त हँुदै गर्दा हामीले यस मामिलामा संस्थागत ढङ्गले नै कामको थालनी गरी सक्नपर्ने थियो । तर अहिलेसम्म पनि जनताको मन जित्न नसक्नु दुर्भाग्यपुर्ण हो । कृषी जन्य वस्तुको परनिभरता लाई सरल र बुझिने ढंगले नियाल्दा आज पनि भारतबाट  वर्षेनि हामिले करिव ४५ अरव को चामल करिव २३ अरवको तरकारी, करिव १५ अरवको फलफुल, करिव ३० अरवको खाने तेल , करिव ११ अरवको चिया र कफि करिव १४ अरव को चिनी , करिव १६ अरवको पशु पंक्षी दाना , करिव ११ अरवको दाल करिव ४ अरवको खसी रांगा र करिव १६ अरवको मलखाद र करिव १५ अरवको जुस तथा अन्य उत्पादन गरी झण्डै २ खर्व को कृषि उपजहरु वार्षिक रुपमा भारत वाट किन्ने  गरेका छौ । यस हिसावले पेटा«ेलियम, मेशिनरी , गाडि, कपडा लगाएत मुख्य आयातका अन्य वस्तु छोडेर पनि कृषि जन्य बस्तुको खरिदमा हरेक वर्ष भारत लाई प्रत्यक नेपाली ले सरदर रु ५१ हजार नेपाली रुपैया  अर्थात हरेक छाकमा सालाखाला ७० रुपैया  भारतलाई चामल, दाल, तेल, तरकारी, फलफुल र  मासु ल्याय वापत हामिले बुझाई रहेका छौ । यस हिसावले भारत संगको व्यापार घाटालाई थप उचाईमा र नेपालीको अर्थ व्यवस्था र स्वाभिमान लाई थप रसातलमा पु¥याईदिने पक्का छ । 

३. आज फेरि सारा विश्वसँगै नेपालीले कोरोना महामारीसँग लडिरहेको अवस्थामा घर भित्रै वसेर पनि यो शिक्षा प्राप्त गरिरहेका छन्  कि वास्तवमा

१. संसारमा कोही पनि शक्तिशाली सधैँ स्थायी रुपमा रहन सक्दैन

२.यूरोपियन र अमेरिकीहरु हामीले सोचेजस्तो सभ्य र शिक्षित वास्तवमा  रहेनछन्,

३. संस्कृति कला र सभ्यता आफ्नो महान त सबैलाई लाग्छ तथापि पश्चिमी सभ्यता भन्दा पूर्विय दर्शन र सभ्यता हरेक हिसाबले उत्कृष्ट रहेछ ।

४. गाडी, जहाज रेल, पानीजहाज वाइक, पेट्रोल जस्ता चिजबिना पनि संसार चल्न सम्भव रहेछ ।

५. समयले मानिस चिनाउँदो रहेछ र विपत्तिलेनेता र नेतृत्व चिनाउदो हँुदोरहेछ ।

६. कतिपय आपूmलाई निकै व्यस्त देखाउने र समय छैन भन्नेहरु वास्तवमा ढोङ्गी हँुदा रहेछन् किनकि  लकडाउनमा पनि आपूmलाई व्यस्त देखाई रहेका छन् ।

७. समय र अवसर सबैको लागि आउँदो रहेछ, सुनेर भन्दा आफैँले भोगेर थाहा पाइँदो रहेछ ।

८. मानिसले अहिले थाहा पायौँ कि चिडियाखानामा प्राणीहरुको हालत कस्तो हुँदोरहेछ भनेर

९. वास्तवमा प्राकृतिक प्रकोप र विपत्ति, धर्म र धर्मगुरुहरुको बसमा छैन भन्ने प्रमाणित भएको छ ।

१०. शक्ति र सम्पतिको घमण्ड गर्नु व्यर्थ हो । संसारका सबै मानिस समान छन् ।

११. प्रकृतिमाथि विजय हासिल गर्न सम्भव छैन , पृथ्वीको वास्तविक भाइरस मानिस रहेछ ।

१२. सबैभन्दा उत्तम पेशा कृषि हो, जीवनको भोगाइ र अनुभव नै वास्तिविक शिक्षा रहेछ । 

सामान्यतया यो कोरोना महामारीको बिच लकडाउनमा रहँदा मानिसले यी र यस्तै आफ्ना अनुभवहरु आ–आफ्नो ढङ्गले सुनाइरहेका छन् । यी सामान्य चर्चाका बिच मूलभुत कुरा यो महामारीले हामीलाई धेरै शिक्षा र चेतना प्रदान गरेको छ । आज भूमण्डलीकरणबाट मानिस स्थानीयकरण मा रुपान्तरीतहुन लालाईत छ । विदेशमा रहेका नेपालीहरुलाई  तिमीहरु आफ्नो देश फर्क भनेर भनिरहेका छन् ।  मानिसले आफ्नै ठाउँमा बसौँ र केहीँ गरौँ भन्ने सोचिरहेका छन्  । देश विदेशबाट लाखौँलाख मानिस आ–आफ्नो गाउँ र देश फर्किरहेका छन् र हरेकले घरमै बसेर केही न केही काम गर्ने भनेर सोचिरहेका छन् । हिजो गाँउ घरमा मर्दा पर्दा  युवायुवती खोजेर नपाउने अवस्था थियो भने आज गाँउ खचाखच भरिँदा बेरोजगारी र बेकारीको अर्को चिन्ताले पिरोलेको छ । यस्तो अवस्थामा सरकारले स्थानीय श्रम र पूँजीको राम्रो संयोजन गरेर आम जनताको भावनालाई देश निर्माणमा लगाउने विहंगम अवसर प्राप्त गरेको छ । यो सरकारको लागि यो नै तेश्रो र अन्तिम अवसर पनि हो । यसलाई कदापि खेर जान दिनु हुँदैन । भोलिका दिनमा कोरोना महामारीका कारण हामीले केही पनि गर्न सकेनौँ भनेर रुँदै कराउँदै जनताको बिचमा जान पर्ने अवस्था कदापी नआवोस । यस्तो महामारीको बिच पनि हामीले यो सफलता हासिल ग¥यौँ भनेर चौडा छाती बनाउदै उच्च मनोवलका साथ जनताको बिचमा जान पाईयोस । यो राष्ट्र निर्माण गर्ने  महत्वपूर्ण अवसर  हाम्रो हातबाट  कदापि चुक्न दिन हँुदैन । सबैनागरिक, समाज, संघसंस्था, सहकारी  राजनीतिक दलले यो मामिलामा ध्यान दिँदै हरेक तहका सरकारले आ–आफ्नो तहमा यसको अगुवाई गर्न  र सवै तहका सरकार लाई सहयोग गर्न नितान्त आवश्यक छ  ।

धन्यवाद !
टोप बहादुर वि.सी. गुराँस–६ दैलेख, प्रदेश कमिटी सदस्य, नेपाल कम्यूनिष्ट पार्टि  ने.क.पा

bcgtop@gmail.com


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top