होमपेज / विचार
हाल नेपालमा क्रियाशिल रहेका विध्यार्थी संगठनहरू मध्य सबैभन्दा पुरानो संगठन हो,नेपाल बिद्यार्थी संघ । तत्कालिन समयमा समग्र दलिय राजनिती प्रतिवन्धीत भएको अवस्थामा नेपालको सबैभन्दा जेठो दल नेपाली कांग्रेशले आफ्नो बहुदलिय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचार धारा अवलम्बन गर्ने क्रियाशिल बिद्यार्थीहरूलाई नेपालका शैक्षिक एजेण्डाहरूमा मार्गदर्शन बनाउदै विद्रोह गर्न यस संघको स्थापना भएको थियो । वि.स.२०२७ सालमा जतिबेला जनताको वाक स्वतन्त्रता माथि अंकुश लगाईएको थियो, त्यस प्रतिकुल अवस्थामा यस संघको प्रार्दुभाव भयो । करिव चार दशकभन्दा लामो ईतिहास बोकेको यो संघ आफैमा एक जिउदो ईतिहास हो । तत्कालीन नेपाली कांग्रेशका सभापती वि.पी.कोईराला र सन्त नेता कृष्ण प्रसाद भट्टराईको प्रयासमा वैचारिक सामञ्जस्यता स्थापना तथा जनतालाई ससुचित गर्न यस संघको प्रमुख उदेश्य रहेको थियो ।
वि.स.२०३३ सालको जननेता वि.पी. कोईरालाको नेपाल आगमन देखि वि.स.२०३६ मा भएको जनमत संग्रहमा यस संघको अतुलनीय योगदान रह्यो । यस्तै वि.स.२०४२ सालको सत्याग्रह आन्दोलन तथा वि.स.२०४६ सालको जनआन्दोलनमा विभिन्न त्याग तथा वलिदान मार्फत आम विध्यार्थी हक ,हित र संरक्षणका लागि यस संघले महत्वपुर्ण कार्यभार पूरा गर्यो ।
देशमा राजनैतिक परिवर्तन भईरहे,राजनितिक दलहरूले चुनाव जितहार गरिरहे,तर तिनै राजनितिक दलका खम्वा मानिने यस्ता संगठन भने परिवर्नमुखि तथा जनप्रिय बन्न सकेनन । वास्तविक विध्यार्थी संगठनको मर्म बमोजिम लोकप्रियता निर्माण हुन सकेन ।
वर्तमान समयमा ने.वि.संघ लगायत अन्य विध्यार्थी संगठनहरूका लाखौँ विध्यार्थीहरू कार्यकर्ताका रूपमा क्रियाशिल रहेका छन । परिवर्तनकारी व्यवहार तथा उदेश्यले अभिप्रेरित यी संगठन बर्तमानमा पर्दा पछाडीका पात्र जस्तै देखिन थालेको आभाष भईरहेको छ । त्यसैले समग्र विध्यार्थी संगठनहरूमध्य ने.वि.संघ सबैभन्दा ठूलो बिद्यार्थी संगठन भएकोले पनि यस किसिमको कर्तव्यबाट च्यूत हुन सक्ने अवस्था छैन ।
मूलुक अहिले नेपालको संविधान २०७२ को कार्यान्वयनको चरणमा छ ,तिनै तह (संघ,प्रदेश,स्थानीय) को सफलताका साथ सम्पन्न भई तिनै तहका सरकारले सार्वजनिक सेवा प्रवाह गरिरहेका छन । यसलाई कार्यान्वयन गर्ने सिलसिलामा ने.वि.संघ को सक्रिय भूमिका कहाँनिर छ भनेर दुरविन लगाएर नियाल्नुपर्ने अवस्था विध्यमान छ । हरेक सामुदायिक विध्यालय देखि विश्वविध्यालय सम्म सुदृढ संगठन भएको यस संघले यस्तो विषयलाई राष्ट्रिय बहसका रूपमा अघि बढाउन सक्नुपर्दछ ।
विध्यार्थी संगठन खासगरी शैक्षिक तथा प्राज्ञिक क्षेत्र अन्तर्गत समेटिने भएकोले स्वभावतस्अन्य क्षेत्रको चासो त्यसतर्फ हुनु स्वभाविक नै हो । तर बिडम्बना पछिल्ला कयौँ बर्ष देखि सम्पुर्ण विद्ययार्थीहरूको हक र रक्षाको लागि स्थापित स्वतन्त्र विध्यार्थी युनियनको निर्वाचन हुन सकिरहेको छैन । फलस्वरूप हरेक शैक्षिक संस्था एवं विश्वविध्यालय व्यवस्थापन संगको दुरी टाढा रहेको छ । यस विषम परिस्थितिमा यश संघले आवश्यक सबैखाले समाधानका उपायहरू सोच्ने तर्फ ध्यान दिन जरूरी छ ।
नेतृत्व चयनलाई लिएर नै यस संघभित्र हरेक बेला वादविबाद एवं द्वोन्द्व को परपस्थिति ले गदा विद्यार्थी आन्दोलनको मर्मलाई लत्याएको अनुभूति समेत आम विध्यार्थी जगतलाई हुने गरेको छ । बिद्यार्थी नेता चयन गर्दा कस्को मान्छे भन्ने प्रवृत्ती लाई निरूत्साहित गर्दै कस्तो मान्छे भन्ने सोचमा विकास हुन जरूरी छ । राजनैतिक दबाबका कारण हुने नेतृत्व चयनले यस्तो ईतिहास बोकेको संगठनलाई अपरिपक्क एवं असान्दर्भिक संगठनका रूपमा विलय बनाउन सक्ने थुप्रै खतराका संकेतहरू पनि देखिन थलिसकेका छन ।
अन्यमा, सम्पुर्ण विध्यार्थी संगठनहरूको जिउँदो ईतिहास यस संघले आम शैक्षिक तथा प्राज्ञिक क्षेत्र कबध नेतृत्व मार्फत समग्र विध्यार्थीहरूको हक,हित,संरक्षण एवं पुनरूत्थानका लागि अग्रणी संगठन भएर जनमानसमा सकारात्मक प्रभाव पार्न सकोस । आज परेको यस संघको स्थापना दिवसका अवसरमा सम्पुर्ण विध्यार्थी जगतमा हार्दिक शुभकामनाका शब्दगुच्छाहरू अर्पित गर्न चाहन्छु ।
(चन्द्रप्रसाद पाण्डेय
वीरेन्द्रनगर नगरपालीका ४ सुर्खेत ।