ट्रेण्डिङ

होमपेज / अर्थ

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

नेपालगाथा २०८३ जेठ ६ गते बुधबार १७:३९:३७ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(बुधबार) बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दैछ ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलन ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार ९१ दिने उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी भदौ ३ गते भुक्तानी गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top