होमपेज / अन्तरबार्ता
काठमाडौँ । दुबईले कोरोना भाइरस कोभिड १९ को महामारीलाई लक्षित गर्दै विदेशीलाई आगमनलाई लगाएको प्रतिवन्ध खुला गर्ने भएको छ । दुबइ सरकारले आगामी जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको हो ।
दुबइको पत्रिका खालिज टाइम्सले जनाए अनुसार दुबई जाने हरेक विदेशी पर्यटकले हालै परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने शर्त राखिएको छ । बताइए अनुसार दुबई पुगे पछि पनि त्यहाँको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र पर्यटकले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ ।
दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाएको पनि सो पत्रिकाले जनाएको छ । त्यस्तै, आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबईले बनाएको छ । यसरी स्वदेश आएका पर्यटक तथा विदेशी नागरिकहरुले दुबइ सरकारले बनाएका स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएको समाचारमा जनाइएको छ ।
एजेन्सी