होमपेज / अन्तरबार्ता
काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ८० हजार ३० जनाको ज्यान गएको छ । २४ घण्टामा एक हजार चार सय २१ जनाले ज्यान गुमाएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । अमेरिकामा १२ लाख ४७ हजार १ सय २५जनामा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ३७ हजार भन्दा बढी निको भएका छन ।
त्यस्तै बेलायतमा ३१ हजार ५ सय ८७ जनाको ज्यान गएको छ । बेलायतमा २ लाख १५ हजार २ सय ६० जनामा संक्रमण भेटिएको छ । बेलायत पछि इटालीमा धेरै ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख १८ हजार २ सय ६८ जनामा संक्रमण भेटिएको छ । स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जनामा संक्रमण भेटिएको छ । त्यहाँ २६ हजार ४ सय ७८ जनाको ज्यान गएको छ । रुसमा विगत ७ दिनयता तीब्र रुपमा फैलिएको संक्रमणका कारण दैनिक करिब ११ जनामा संक्रमण देखिएको छ ।
रुसमा संक्रमितको संख्या १ लाख ९८ हजार ६ सय ७६ पुगेको छ। त्यहाँ १८ सय २७ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा २६ हजार ३ सय १० को मृत्यु हुँदा १ लाख ७६ हजार ६ सय ५८ मा संक्रमण छ । जर्मनीमा १ लाख ७१ हजार भन्दा बढीमा संक्रमण भेटिएको छ भने त्यहाँ ७ हजार ५ सय ५९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ब्राजिलमा पनि मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । ब्राजिलमा १० हजार ६ सय ५६ जनामा संक्रमण भेटिएको छ भने १ लाख ५६ हजार ६१ जनामा संक्रमण छ । टर्कीमा १ लाख ३७ हजारमा संक्रमण छ भने ३ हजार ७ सय ३९ जना संक्रमित भेटिएका छन् ।
इरानमा ६ हजार ५ सय ८९ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ १ लाख ६ हजार २ सय २० जनामा संक्रमण भेटिएको छ । चीनमा ८२ हजार ८ सय ८७ जनामा संक्रमण छ । त्यस्तै त्यहाँ ७८ हजार ४६ निको भइसकेका छन् । भारतमा संक्रमितको संख्या ६२ हजार ८ सय ८ छ । त्यहाँ २ हजार १ सय १ जनाको ज्यान गएको छ ।
विश्वमा ४० लाख ९८ हजार ९२ जनामा संक्रमण भेटिएको छ भने २ लाख ८० हजार २ सय २३ जनाको ज्यान गएको छ । विश्वभर निको हुनेको संख्या १४ लाख ३५ हजार ३ सय ११ छ । संक्रमित मध्ये ४७ हजार ६ सय ९० जनाको अवस्था गम्भीर रहेको छ ।
एजेन्सी