ट्रेण्डिङ

होमपेज / अन्तरबार्ता

'डेरी क्षेत्रमा सुधार संगै लगानिको आवश्यकता' – महासचिव दाहाल

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १५:३१:२६ मा प्रकाशित

सुर्खेत । नेपाल डेरी एसोसियशनका केन्द्रिय महासचिव प्रल्हाद दाहालले डेरी क्षेत्रलाई राम्रो बनाउनको लागि धेरै सुधार र लगानिको आवश्यकता भएको बताउनु भएको छ । उज्यालो नेपालको नियमित साप्ताहिक कार्यक्रम ओपन टक संग कुरा गर्दै दाहालले किसानका धेरै समस्याहरु भएकाले दुध उत्पादन भएपनि सम्वन्धित क्षेत्रमा पुग्न नसकेकाे बताउनु भएकाे हाे ।

उहाँले विश्व खाद्य संगठनको रेकर्ड अनुसार नेपालमा प्रर्ति व्यक्तिले प्रर्ति बर्षमा ९० लिटर दुध सेवन गर्नुपर्छ भने अनुसार नेपालमा ७५ लिटरसम्म पुगेकाले केहि समयमा नै नेपाल दुध जन्य क्षेत्रमा आत्म निर्भर हुने बताउनु भएको हो । उहाँले डेरी क्षेत्रमा देश आत्म निर्भर हुन लागेको अवस्थामा विदेशी लगानि भित्राउन राम्रो नभएको बताउनुभयो ।

हेर्नुहोस् उहाँसंग गरिएको कुराकानी

प्रतिक्रिया

सम्बन्धित खवर

Top