होमपेज / समाज
लमजुङ । लमजुङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको बेसीसहर नगरपालिका ७ सातबीसेमा बिहीबार राति १२ बजे पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङ रहेका छन् । ‘राति घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेको लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले जानकारी दिए ।
प्रमुख थापाका अनुसार तीन जना घाइते भएका छन् । घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेका छन ।