होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज(आईतबार) पनि बस्दैछ । बैठक बिहान ११ः३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने भएको हो ।
शुक्रबार र शनिबारको बैठकमा पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र पाँच सचिवले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा बाँकी चार सचिवले धारणा राख्नेछन् । त्यसपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ ।
शुक्रबारदेखि जारी बैठकमा नेताहरूले पार्टीको आगामी कार्यदिशा, चुनावी समीक्षा, नेताहरूको कार्यविभाजन लगायतका विषयमा धारणा राखिरहेका छन् ।