ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपा पदाधिकारीका लागि मतदान सुरू

महामन्त्रीमा रञ्जु दर्शनाकाे समर्थन विपीन आचार्यलाई

नेपालगाथा २०८३ असार १२ गते शुक्रबार १४:०१:१० मा प्रकाशित

काठमाडौं । रास्वपाको चितवनमा जारी महाधिवेशनमा पदाधिकारी चयन गर्नका लागि दोस्रो चरणमा निर्वाचन शुरु भएकाे छ।  रास्वपाको उपसभापतिका लागि सोविता गौतम र तोसिमा कार्की मैदानमा छन्। महामन्त्रीमा विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् । 

महामन्त्री पदको उम्मेदवार रञ्जु दर्शनाले विपीन आचार्यलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै रञ्जुले सो घोषणा गरेकी हुन् । उनी विपिनसँगै पत्रकार सम्मेलनमा प्रस्तुत भएकी थिइन् । विपिनले आफूलाई समर्थन गरेकोप्रति रञ्जुलाई आभार प्रकट गरे  ।

सहमहामन्त्री पुरुषका लागि प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन् ।

महिला सहमहामन्त्रीको काटोमा जुली यादव विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top