ट्रेण्डिङ

होमपेज / राजनीति

अवैध रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गरे कारबाही हुने

नेपालगाथा २०८३ जेठ ८ गते शुक्रबार २०:०१:३५ मा प्रकाशित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत नामको अगाडि ‘डाक्टर’ (डा.) शब्द प्रयोग नगर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले आज(शुक्रबार) जारी सूचनामार्फत विभिन्न विधाका स्वास्थ्यकर्मी तथा व्यक्तिहरूले नियमविपरीत रूपमा आफ्नो नामअघि ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले यस्तो कार्य तत्काल रोक्न आग्रह गरेका हुन् ।

काउन्सिलले जारी गरेको सूचनामा चिकित्सकको रूपमा कानुनी मान्यता प्राप्त नगरेका व्यक्तिले ‘डाक्टर’ उपाधि प्रयोग गर्नु गैरकानुनी हुने उल्लेख गरिएको छ ।

काउन्सिलमा विधिवत् दर्ता भएका चिकित्सक तथा सम्बन्धित परिषद्को ऐनअनुसार चिकित्सक उपाधि प्राप्त व्यक्तिबाहेक अन्य कुनै पनि स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि ‘डा.’ शब्द प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top