होमपेज / राजनीति
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्र लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराएका छन् ।
मुख्यमन्त्री कँडेलले बिहीबार प्रधानमन्त्री साहलाई एक पत्र लेख्दै विगत केही दिनदेखि उत्पन्न सीमा विवादका कारण त्यसका नागरिकबीच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको उल्लेख गरेका हुन् । मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री साहलाई लेखेको पत्रमा दुई जिल्लाको सीमा विवादबाट थप क्षति हुन नदिन आवश्यक सजकता अपनाउनुपर्नेमा समेत जोड दिइएको छ ।
मुख्यमन्त्री कँडेलले पत्रमा विवाद समाधानको संघीय सरकारले आवश्यक पहल गर्नुपर्ने उल्लेख गर्दै तत्काल पहल गर्न अनुरोध समेत गरेका छन् ।