ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

नेपालगाथा २०८३ जेठ ७ गते बिहीबार ०६:१३:०४ मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज(बिहीबार) बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । त्यसैगरी, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताए ।

यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘महालेखा परीक्षकको पाँचौं वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top