होमपेज / राजनीति
काठमाडौं । सभामुख डीपी आर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङसहित उनका पार्टीका सांसदहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
श्रम संस्कृति पार्टीका सांसदहरूले संसद सुरू हुने बित्तिकै प्ले कार्ड देखाउँदै विरोध जनाएपछि सभामुखले चेतावनी दिएका हुन् ।
उनले सभाको मर्यादा कायम राख्न आग्रह गर्दै आफ्नो व्यवहार सच्याउन चेतावनी दिए ।