ट्रेण्डिङ

होमपेज / राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

नेपालगाथा २०८३ जेठ ५ गते मंगलबार १८:२१:३६ मा प्रकाशित

काठमाडौं । सरकारले आज(मंगलबार) विभिन्न निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो । यस्तै बैठकले सैनिक सेवा छैटौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने, नेपाल राष्ट्र बैङ्क २०५८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ ।

यस्तै बैठकले नेपाल सरकार कार्यजन नियमावली २०८३ अनुसार हुने गरी राजपत्रअङ्गत विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने निर्णय गरेको समेत गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।

बैठकले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने र काठमाडौंबाट विस्थापित सुकुमबासीलाई पुनर्स्थापना खर्च दिने समेत निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top