होमपेज / राजनीति
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाअन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज(शुक्रबार) बस्दैछ ।
बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बिहान ११ बजे सुरु हुने संघीय संसद् सचिवालयले बताएको छ ।
बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ ।