होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज(बिहीबार) बस्दैछ ।
बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुनेछ । सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन साहले दिने सम्भावित कार्यसूची रहेको छ ।
नीति तथा कार्यक्रममाथि सांसदहरुले जिज्ञासा राखेका थिए । जिज्ञासाहरुको जवाफ बुधबार प्रधानमन्त्री साहले दिने कार्यसूची थियो । तर प्रधानमन्त्री साह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए ।
नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाे छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेट समेत प्रस्तुत हुनेछ ।