ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालगाथा २०८३ बैशाख ३० गते बुधबार ०९:१८:०१ मा प्रकाशित

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक आज(बुधबार) मध्याह्न सवा १२ बजेबाट सुरु हुने भएकाे छ । राष्ट्रिय सभामा आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।

प्रधानमन्त्री बालेन्द्र साहले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top