होमपेज / राजनीति
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक आज(आईतबार) बस्दैछ ।
बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन र जिल्ला समिति विघटनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक तथा अन्य विविधमा छलफल हुने पार्टीले बताएको छ ।