ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

नेपालगाथा २०८३ बैशाख ११ गते शुक्रबार १०:०७:५६ मा प्रकाशित

काठमाडौं । लामो समयदेखि आन्तरिक विवादका कारण रोकिएको नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया आज(शुक्रबार) देखि औपचारिक रूपमा सुरु भएको छ ।

सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि पार्टीले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको हो ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिनेछ । दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । साथै, मोहन आचार्य र निष्कल राई लगायतका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका छन् ।

प्रतिनिधि सभामा रहेका कांग्रेसका ३८ सांसदले संसदीय दलको नेता चयनका लागि मतदान गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top