ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

नेपालगाथा २०८३ बैशाख ८ गते मंगलबार ११:२७:३७ मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत चौधौं बैठक आज(मंगलबार) दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची पनि रहेको छ । बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’माथि छलफल तथा पारितको प्रस्ताव पेश गर्ने कार्यक्रम पनि रहेको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top