ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

नेपालगाथा २०८३ बैशाख ७ गते सोमबार १०:४२:१७ मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत तेह्रौं बैठक आज(सोमबार) दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सर्वप्रथम प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ । त्यसैगरी, सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top