ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति पौडेलले संसदमा सम्बोधन गर्दै

नेपालगाथा २०८२ चैत्र २७ गते शुक्रबार ०८:४३:१३ मा प्रकाशित

काठमाडौं । संघीय संसद् अधिवेशन २०८२ अन्तर्गत आज(शुक्रबार) दुवै सदनको संयुक्त बैठक बस्दैछ ।

बैठक भने आज दिउँसो ३ बजे बस्ने कार्यसूची तय गरिएको छ । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।

राष्ट्रपतिले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्न लागेका हुन् । हरेक वर्षको बजेट अधिवेशनको प्रारम्भमा राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा रहेको छ, जसमा सरकारका प्राथमिकता र आगामी योजनाबारे जानकारी गराइन्छ ।

आजको सम्बोधनमार्फत सरकारले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमको खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top