ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत आठौं बैठक बस्दै

नेपालगाथा २०८२ चैत्र २५ गते बुधबार १०:३५:५७ मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत आठौं बैठक आज(बुधबार) बस्दैछ ।

प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची पनि रहेको छ । त्यसैगरी, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय गरिएको छ ।

यस्तै, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची पनि रहेको सचिवालयले बताएकाे छ । गत चैत २२ गतेबाट सुरु भएको प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गतका बैठकहरु निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top