होमपेज / राजनीति
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज(मंगलबार) बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजे बैठक बस्ने भएकाे छ ।
आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।