ट्रेण्डिङ

होमपेज / राजनीति

दुई दिन सार्वजनिक बिदाको निर्णय तत्काल फिर्ता लिन सांसदको माग

नेपालगाथा २०८२ चैत्र २३ गते सोमबार १९:२५:०४ मा प्रकाशित

काठमाडौं । आज(सोमबार) बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले मध्यपूर्वको युद्धलाई बहाना बनाएर सरकारी कार्यालय र शिक्षण संस्थाहरूमा दुई दिन बिदा दिने कदम मुलुकका लागि हितकर नभएको दाबी गरेका छन् ।

उनले कर्मचारी र विद्यार्थीहरूलाई हप्ताको झण्डै तीन दिनसम्म बेरोजगार र फुर्सदिलो बनाएर सरकारले प्रशासनिक बेथिति निम्त्याउन खोजेको आरोप लगाउँदै यो निर्णयले विशेष गरी विद्यालयको पठनपाठनमा गम्भीर असर पुर्‍याउने तर्क गरे ।

मुलुकको उत्पादकत्व घटाउने र सेवा प्रवाहमा बाधा पुर्‍याउने यस्तो अव्यवहारिक निर्णय तत्काल फिर्ता लिएर सहजता प्रदान गर्न उनले सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top