होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज(साेमबार) बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरवारमा बस्ने भएकाे छ । बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने पनि बताइएको छ ।
कांग्रेसकी सांसद बासना थापाले बैठकका एजेण्डाबारे नभनिए पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुनसक्ने बताइन् । उनले भनिन्, ‘संसदीय दलको बैठकको एजेण्डा भनिएको छैन । तर, संसदीय दलको नेता चयन गर्नुपर्ने छ ।’
कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का, निस्कल राई लगायतको नाम चर्चामा रहेकाे छ ।