ट्रेण्डिङ

होमपेज / राजनीति

सातै प्रदेशको स्वीकृत दरबन्दी विवरण तिन दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयको निर्देशन

नेपालगाथा २०८२ चैत्र २१ गते शनिबार १०:०९:३८ मा प्रकाशित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सात वटै प्रदेश) लाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले देशभरका सात वटै प्रदेश सरकारलाई आफ्ना मातहतका सबै निकायहरूको स्वीकृत दरबन्दी (स्टाफ संरचना)को एकीकृत विवरण तीन दिनभित्र उपलब्ध गराउन भनि निर्देशन दिएको हो ।

मन्त्रालयले सबै प्रदेशअन्तर्गतका कार्यालयहरूको स्वीकृत दरबन्दी संकलन गरी एकमुष्ट रूपमा तयार पारेर मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top