ट्रेण्डिङ

होमपेज / राजनीति

गृहमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते

नेपालगाथा २०८२ चैत्र २० गते शुक्रबार १०:२०:१९ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेका छन् ।

घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आएका छन् । यसक्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिए । गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै केएमसी अस्पताल गएका थिए । शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था समेत बुझेका थिए ।

अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको शर्माले बताएका छन् । शर्माले भने, “तपाईं आउनुभयो, बिरामीको अवस्था पनि बुझिरहनुभएको छ । यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु ।”

गृहमन्त्री गुरुङले जेनजीका घाइतेहरूको घाउमा मलम लगाएकोमा धन्यवाद दिए । मन्त्री गुरुङ राति करिब १० बजे अस्पताल पुगेका थिए । भेट्नेबित्तिकै उनले भने, “तपाईंले घाइतेहरूलाई मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ । यो सेवामा कमी नहोस्, तपाईंप्रति सधैं सम्मान छ ।” मन्त्री गुरुङले अंकमाल गर्दै धन्यवाद समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top