ट्रेण्डिङ

होमपेज / राजनीति

सभामुखका लागि आज उम्मेदवारी दर्ता

नेपालगाथा २०८२ चैत्र २० गते शुक्रबार १०:०९:४२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया आज(शुक्रबार) सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।

सचिवालयले उम्मेदवारको नामावली दिउँसो २ः३० बजे सार्वजनिक गर्ने बताएको छ । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ अनुसार सभामुखको निर्वाचन चैत २२ गते(आइतबार) बिहान ११ बजे बस्ने बैठकमा हुने मिति ज्येष्ठ सदस्यले तोकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अर्यालको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

हालको प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ १८२ सांसद रहेकोले अर्यालको निर्वाचित हुने सम्भावना निकै उच्च रहेकाे छ । काठमाडौं क्षेत्र नं. ९ बाट निर्वाचित अर्याल यसअघि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए ।

सचिवालयका अनुसार यदि एकभन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रिया चैत २२ गतेको बैठकमा अघि बढ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top